काठमाडौं : कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई उच्च अदालत पाटन हेटौँडा इजलासले सफाइ दिएको छ । आइतबार न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले यसअघिको चितवन जिल्ला अदालतले गरेको फैसला नै सदर गरेको हो ।
२०६१ जेठ २४ गते गोरखा फुजेलका १७ वर्षका कृष्णप्रसादको हत्या भएको थियो । तत्कालिन समयमा द्वन्द्वरत पार्टी माओवादीका कार्यकर्ताले अपहरणपछि उनको हत्या गरेको आरोप लाग्दै आएको छ।
कृष्णप्रसादकी आमा गंगामाया अधिकारी छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै हाल वीर अस्पतालमा अनशनरत छिन् । उनका बाबु मुक्तिनाथ अधिकारीको भने अनशनकै क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया