लेटेस्ट न्युज
advertisement1

राष्ट्रियसभामा  खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पेश   

Maryada News 2021-08-06 17:02:38
राष्ट्रियसभामा  खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पेश   

काठमाडौं : राष्ट्रियसभामा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयक पेश गरेका हुन् ।     
     
यस्तै प्रधानमन्त्री देउवाका तर्फबाटै मन्त्री कार्कीले ‘निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन२०७६/०७७’ सभामा पेश गरे । 

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५’ सभासमक्ष टेबुल गरेृका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन २४ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्