काठमाडौंः पुनर्स्थापित प्रतिनिधि सभाकाे पहिलाे बैठकलाई प्रचण्ड माधव समूहले बहिष्कार गरेकाे छ। सर्वाेच्चकाे हालसालैकाे फैसला पश्चात माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षमा परिणत भएकाे समूहले संसद बैठक बहिष्कार गरेको हाे।
प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय राख्ने नगरिएकाे भन्दै प्रचण्ड माधव समूहका नेता भीम रावलले अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए। यस्तै नेता रावलले सर्वोच्चको पछिल्लो फैसलापछि प्रधानमन्त्रीकाे दल कुन हाे भन्ने स्पष्ट नभएकाे भन्दै विमत्ति प्रस्तुत गरेका थिए।
सभामुख अग्नि सापकोटाले रावलको विमत्ति दर्ज भएको भन्दै आफूले बैठक अघि बढाएका हुन् ।
मन्त्रिपरिषद् हेरफेर सम्बन्धी पत्र वाचन गर्न लागेकोप्रति असहमति जनाउँदै बैठक बहिष्कार गरिएको हो। तर सभामुख बैठक सञ्चालन गरिरहेका छन्।
प्रतिक्रिया