लेटेस्ट न्युज
advertisement1

एमाले महाधिवेशनको बन्दसत्र सौराहामा हुने पक्का

2021-11-12 18:27:24
एमाले महाधिवेशनको बन्दसत्र सौराहामा हुने पक्का

काठमाडौँ : नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने पक्का भएको हो ।

होटलमा बन्द सत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था गर्न लागिएको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार होटलका हल र परिसरमा निर्माण गरिने डोमलाई महाधिवेशनमा आवश्यकताअनुसार प्रयोग गरिनेछ । 

मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन सत्र गर्ने यसअघि नै निर्णय भएको छ । बन्दसत्र र नेतृत्व छनोटका काम सौराहाबाट हुनेछ । यी दुवै ठाउँको बिहीबार मात्रै पार्टी महासचिव ईश्वर पोखरेलसहित केन्द्रीय नेताले स्थलगत निरीक्षण गरेपछि बन्दसत्र गर्ने ठाउँको टुङ्गो लागेको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशन प्रतिनिधिलाई सौराहामा बस्ने व्यवस्था मिलाइएको छ । सौराहाका तीन हजार ५०० शय्याका लागि होटल व्यवसायीसँग कुराकानी भइरहेको रावलले जानकारी दिइन् ।

क्षेत्रीय होटल सङ्घ (हान) सौराहा र रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) बीच आवासीय सुविधाका लागि छलफल तीव्र पारिएको छ । एमालेको बन्दसत्रमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् ।

तीमध्ये एक हजार ७५० जना जिल्ला जिल्लाबाट छनोट हुनेछन् । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनता सहभागी गराइने तयारी एमालेले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्