लेटेस्ट न्युज
advertisement1

नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

Maryada News 2021-10-25 19:04:17
नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौं : नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । कानुन व्यवसायीहरुको छाता संस्था बारको सोमबार बसेको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले बाटो खुला गर्नु पर्ने भन्दै राजीनामा मागेको हो ।

बारको आकस्मिक बैठकबाट भएको यो निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि सार्वजनिक गरिने अध्यक्ष चण्डेश्वर श्रेष्ठको भनाइ छ । मंगलबारको छलफलमा कसरी अघि बढ्ने भन्नेबारे पनि तय हुने उनले बताए ।

न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै पूर्वन्यायाधीश समाजले प्रधानन्यायाधीशले मार्गप्रसस्त गर्नुपर्ने नभए प्रतिनिधिसभाले आफ्नो संवैधानिक दायित्व पूरा गर्नुपर्ने बताएको थियो । त्यस्तै न्यायपालिका शुद्धिकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्