लेटेस्ट न्युज
advertisement1

ओलीसँगै मिलेर प्रधानमन्त्री बन्ने देउवाको धोको, पौडेलको असहमति

Maryada News 2021-03-04 13:50:25
ओलीसँगै मिलेर प्रधानमन्त्री बन्ने देउवाको धोको, पौडेलको असहमति

काठमाडौं : प्रतिनिधिसभा पुनस्र्थापित भएसँगै नयाँ सरकार गठनको लागि दलहरु अहिले आन्तरिक समिकरण निर्माणमा लागि परेका छन्। यही फागुन २३ गते बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव पेश गर्ने नेकपाको प्रचण्ड माधव समूहको तयारी अन्तिम चरणमा पुगेको छ।

जसका लागि यो समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको साथ खोजिरहेको छ। प्रचण्ड–माधव समूहले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले पनि कांग्रेसको समर्थन लिएर अविश्वास प्रस्ताव फेल गर्ने रणनीति अघि वढाएको छ।

यसबीचमा नेपाली कांग्रेस कुन समूहको समर्थनमा रहने भन्ने अन्यौलमै छ। सभापति शेरबहादुर देउवा ओली समूहसँग सहकार्य गरेर सरकारको नेतृत्व गर्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल प्रचण्ड-माधव समूहसँग मिल्नुपर्ने पक्षमा देखिएका छन्।

के भन्छन् पौडेल 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिलेको अवस्थामा नेकपाको प्रचण्ड-माधव समूहलार्ई सहयोग गर्नुपर्ने बताएका छन्। 

नेपाल प्रेस युनियन चितवनले आज (विहिबार) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘कांग्रेस आफ्नो हैसियतमा बसेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ।’ 

कांग्रेसले अरुलाई सहयोग गरेर भए पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने उनले बताए। ‘लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्छ, उनले भनेका छन् ‘अहिलेको स्थिति नाजुक छ, सङ्कटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने? कांग्रेसबाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत मैले देखेको छैन ।’

देउवा र पौडेलका मुख सधैँ दुईतिर

पार्टी सभापति शेरबहादुर देउवाले काँधमा जिम्मेवारी आए सरकारको नेतृत्व गर्न तयार रहेको बताइरहेका बेला वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री बन्न नहुने धारणा राखेका हुन्। 

देउवाले हिजै चितवनमा आयोजित एक कार्यक्रममा पौडेलले आफुलाई प्रधानमन्त्री हुनबाट रोक्न खोजेको भन्दै आक्रोस पोखेको थिए। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्