राैतहटः नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा जिल्लाका विभिन्न स्थानमा दीपावली गरिएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेपछि लाखौं नागरिकताविहीन नेपाली युवाले नागरिकता पाउने भन्दै साे क्षेत्रमा दीपावली गरिएको हो।
जिल्लाकाे गौर र मौलापुर नगरपालिकामा आइतबार नागरिकतासम्बन्धी विधेयककाे स्वागतमा दीपावली भएकाे हाे। राैतहटकाे निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने माैलापुर केपी शर्मा ओलीकाे सरकारमा शहरी विकास मन्त्री रहेका प्रभु साहकाे निर्वाचन क्षेत्र हाे।
उनकाे निर्वाचन क्षेत्रअन्तर्गतकाे कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, मौलापुर नगरपालिकाको प्रत्येक वडामा दीपावली गरिएको थियाे। यस बाहेक रौतहट सदरमुकाम गौरसहित राजदेवी नगरपालिका, बौधीमाईलगायतका स्थानहरूमा पनि दीपावली गरिएको थियाे।
निवर्तमान मन्त्री साहले निरन्तर नागरिकताको समस्या समाधान गर्नका लागि संघर्ष गरेर विजय हासिल गरी जनतालाई खुशी बनाएकाले दीपावली गरिएको स्थानीयले बताएका छन्।
यस्तै प्रदेश २ को राजधानी जनकपुरसहित राजबिराज, लहानलगायतका शहरहरूमा पनि हिजाे साँझ दीपावली गरिएको थियाे।
प्रतिक्रिया