एजेन्सीः वेस्ट इण्डिजका खेलाडी काइरन पाेलार्डले ६ बलमा ६ छक्का प्रहार गरेका छन्। श्रीलङ्काविरूद्धकाे पहिलाे टि ट्वेन्टी खेलमा वेस्ट इण्डिज टाेलीका कप्तानसमेत रहेका पाेलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन्।
वेस्ट इण्डिज र श्रीलङ्काबीच हाल टि ट्वेन्टी क्रिकेट शृङ्खला चलिरहेकाे छ। आज भएकाे पहिलाे खेलमा वेस्ट इण्डिज ४ विकेटले विजयी भएसँगै तीन खेलकाे शृङ्खलामा वेस्ट इण्डिज १-० ले अघि छ।
पोलार्डले खेलकाे छैटौं ओभरमा स्पिनर अकिला धनञ्जयलाई ६ बलमा ६ छक्का प्रहार गरेका थिए। पोलार्डले कुल ११ बलमा ६ छक्का सहित ३८ रनको योगदान बनाए।
अकिला धनञ्जयले यसअघि खेलकाे पाँचाैं ओभरमा ह्याट्रिक विकेट लिएपनि साे किर्तिमान पाेलार्डकाे पारीका कारण ओझेलमा परेकाे छ।
यसअघि सन् २००७ काे टि ट्वेन्टी खेलमा भारतका युवराज सिंहले इंग्ल्याण्डकाविरूद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए। समग्र अन्तराष्ट्रिय र एकदिवसीय खेलमा भने पहिलाे पटक दक्षिण अफ्रिकाका हर्सल गिब्सले न्यूजिल्याण्डकाविरूद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए।
प्रतिक्रिया