advertisement1

टी–२० क्रिकेटको उपाधि गजुरी विकास समाजलाई

Maryada News 2021-11-05 15:47:45
टी–२० क्रिकेटको उपाधि गजुरी विकास समाजलाई

काठमाडौँ : धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गजुरी सामुदायिक विकास समाजले जितेको छ । कात्तिक ११ गतेदेखि विशालटारमा आयोजना गरिएको प्रतियोगिताको फाइनलमा गजुरी सामुदायिक विकास समाजले त्रिपुरासुन्दरीलाई २१ रनले हराउँदै उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिङ गर्दै गजुरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११० रन बनायो । १११ रनको लक्ष्य पछ्याउने क्रममा त्रिपुरासुन्दरीले सबै विकेट गुमाउँदै मात्र ८९ रन बनायो । 

प्रतियोगिताको विजेतालाई १ लाख तथा उपविजेतालाई ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको धादिङ जिल्ला क्रिकेट संघका उपाध्यक्ष नारायण सिलवालले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्