बाढी पहिरोबाट तहस नहस भएको काभ्रे नमोबुद्धका पिडीतहरुलाई नेपाल-भारत मानव विकास एवं मैत्री संघले करिब ११ लाख बराबरको राहत सामाग्री वितरण गरेको छ। आज नेपाल -भारत मानव विकास एवं मैत्री संघका केन्द्रीय अध्यक्ष सूर्य भुसाल नेतृत्वको टोलीले नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा मार्फत पिडीतहरुलाई अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको हो। मथुरेश्वर साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष, उपाध्यक्ष र अगुवाहरुको उपस्थितिमा कृषि सहकारीका बाढी पिडीत सदस्यहरु लाभान्वित हुने गरी वितरण गरिएको जनाइएको छ।
विपतका वेला नेपाल-भारत मानव विकास एवं मैत्री संघले अत्यावश्यकिय सामाग्री उपलब्ध गराएर नमोबुद्धका पिडीतहरुलाई उल्लेख्य सहयोग गरेको भन्दै मेयर कुन्साङ लामाले मैत्री संघ र संघका अध्यक्ष भुसाललाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।
मेयर लामाले नमोबुद्ध नगरपालिकाकाले आगामी दिनमा पनि नेपाल-भारत मानव विकास एवं मैत्री संघ परिवारसंग सहकार्य र साझेदारी गर्दै अघि बढ्न संघका अध्यक्ष भुसालसंग अनुरोध गरेको राहत वितरण टोलीका सदस्य मदन पौडेलले जानकारी दिनु भयो।
राहत वितरण हस्तान्तरण टोलीमा काठमाडौका पूर्व मेयर केशव स्थापित लगायतको सहभागिता रहेको थियो।
पिडीतलाई वितरण गरिएको अत्यावश्यकिय राहत सामाग्रीमा २ सय थान ब्ल्यांकेट, २ सय थान त्रिपाल, २ सय बोरा चामल, ४ सय लिटर खाने तेल, ४ सय थान नुहाउने साबुन, ८ सय प्रति लुगाधुने साबुन, १ हजार प्रति जीवनजल लगायत रहेको राहत टोली सदस्य मदन पौडेलले जानकारी दिए।

प्रतिक्रिया
Chastity
2024-11-24 03:46:57I appreciate perusing your websites. thnx! https://www.nowytydzien.pl
Zoila
2024-11-24 06:05:14Wow, beautiful website. Thnx ... https://laziska.com.pl