काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवादबारे सामूहिक धारणा बनाउने बताएका छन् । यसबारेमा केही दिनभित्रै गठबन्धनको बैठक बस्ने उनले बताए ।
जनकपुर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका कोशी नेता यता, कोही उता रहेकाले एकत्रित भएर न्यायालयको विवादबारे सामूहिक धारणा बनाउने बताए ।
‘न्यायालयको विवाद समाधान गर्न काठमाडौं केन्द्रित भएर हामी बैठक बसेर सामूहिक धारणा बनाउँछौं,’ उनले भने । गठबन्धनमा अहिले कुनै विवाद नभएको र ठीक ढंगले अघि बढिरहेको समेत प्रचण्डले दाबी गरे ।
प्रतिक्रिया