लेटेस्ट न्युज
advertisement1

प्रधानन्यायाधीशकाे इजलासमा मन्त्रिपरिषद् विस्तारविरुद्धकाे रिट

Maryada News 2021-06-22 12:52:58
प्रधानन्यायाधीशकाे इजलासमा मन्त्रिपरिषद् विस्तारविरुद्धकाे रिट

काठमाडाैंः मन्त्रिपरिषद् विस्तारविरुद्ध परेकाे रिटकाे सुनुवाइ प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर जबराकाे इजलासमा हुने भएकाे छ। सर्वाेच्च अदालतमा आजै साे मुद्दाकाे सुनुवाइ हुने भएकाे छ।  

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले प्रतिनिधि सभा विघटन गरिसकेपछि पनि पटकपटक मन्त्रिपरिषद् विस्तार गरेकाे भन्दै रिट दायर गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको मुद्दा प्रधान्यायाधीश जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा आजकाे लागि तोकिएको छ।

सर्वाेच्च अदालतले आज सुनुवाइका लागि दुवै पक्षलाई अदालतमा बाेलाएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्