काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय निजामती ऐन अगाडि बढ्ने बताएका छन् । नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेशस्तरीय दोस्रो भेलालाई शनिबार सम्बोधन गर्दै उनले संघीय निजामती ऐन अगाडि बढ्ने बताएका हुन् ।
’संघीय निजामती ऐन बनाउन लामो समय कसरत भयो, विभिन्न कारणले संसद्मा अड्किएको छ,’ उनले भने, ’यस बारेमा अस्तिको क्याबिनेटमा छलफल भएको छ, अब अगाडि बढ्छ ।’
द्वन्द्वकालमा विस्थापित भएका कर्मचारी र शिक्षाका समस्याका विषयमा अहिलेको सरकारले सम्बोधन गर्ने उनले बताए ।
प्रतिक्रिया