काठमाडौँ : सरकारले बाढी पहिरोबाट घर भत्केकाहरुलाई घर निर्माण गर्न ३ देखि ५ लाख सम्मको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा घर बनाउन ५ लाख र तराईमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
बुधबारको बैठकले घर निर्माणको लागि जग्गा नहुनेलाई थप ३ लाख उपलब्ध गराउने भएको छ भने विपद् व्यवस्थापन समितिको तर्फबाट घरबार नभएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने बुधबार निर्णय गरेको छ ।
प्रतिक्रिया