लेटेस्ट न्युज
advertisement1

तीन तहको निर्वाचन एकै पटक गर्न माधव नेपालको सुझाव 

Maryada News 2021-10-29 18:26:16
तीन तहको निर्वाचन एकै पटक गर्न माधव नेपालको सुझाव 

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन)मा जान जरुरी नभएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीहरुसँग नेपालले अगावै चुनाव गर्नु आवश्यक नरहेको बताएका हुन् । 

सोहि कार्यक्रममा उनले स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले भने, “अर्ली इलेक्सनमा जानु जरुरी छैन । मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानुनी जटिलता छ कि छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन । तर मलाई लागेको चाँही सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो ।”

निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागिसमेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा उनले जोड दिए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्