काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । साथै एकीकृत समाजवादीले केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुंगो लगाएको छ ।
नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असोज २८ गते जारी गरिएको अन्तरपार्टी निर्देशनमा ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको उल्लेख छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ’सम्मानित नेता’ भनिएको छ ।
यस अघि उनलाई वरिष्ठ नेता भनिएको थियो । उनलाई विदेश विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।
मुकुन्द न्यौपानेलाई नेताको रुपमा उद्योग, वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्जको जिम्मेवारी दिइएको ।
त्यस्तै, प्रदीप नेपाललाई प्रतिष्ठानहरूको इन्चार्ज बनाइएको छ । नेपालले यस घि नै पार्टी छाडेको घोषणा गरेका थिए । जीवनराम श्रेष्ठलाई संघीय संसदीय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया