परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् ।
उनी आउँदो हप्ता भारत जाने तय भए पनि मिति निश्चित नभएको परराष्ट्र मन्त्रालय स्रोतको हवालामा अनलाईखबरले समाचार प्रकाशन गरेको छ ।
भारतका विदेश सचिव बिक्रम मिस्रीको निम्तोमा राणा दिल्ली भ्रमणमा जान लागेकी वताइएको छ । ‘भारतका विदेश सचिवले भारत भ्रमणको निम्तो दिएका थिए ।
आइतबारदेखि मंगलबारसम्म भारतको भ्रमण गर्ने राणाले के प्रस्ताव लिएर जादैछिन अथवा कुनै सम्झौता पनि हुन्छ कि भन्नेवारे औपचारिक केही सार्वजनिक भएको छैन।
२७ साउनमा नेपाल आएका मिस्रीले परराष्ट्र मन्त्री राणालाई भारत भ्रमणको निम्तो दिएका थिए ।उनले नेपाल भ्रमणकाक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री प्रकाशमानसिंह र विष्णु पौडेल लगायतलाई भेटेका थिए ।
प्रतिक्रिया