काठमाडौं- बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ।
बुधवार दिउँसो २ बजे बस्ने भनिएको सातौँ बैठक बिशेष कारणवश स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काकाअनुसार अब सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुनेछ।
यसअघि माघ १९ गते बस्ने भनिको बैठक पनि अनिश्चितकालका लागि भन्दै स्थगित गरिएको थियो।
प्रतिक्रिया