काठमाडौं : प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आकस्मिक भेटवार्ता भएको छ। सोमबार अपरान्ह सर्वोच्च अदालतमा झण्डै एक घण्टा प्रधानन्याधीश जबरा र प्रधानसेनापति थापाबीच भेट भएको हो।
प्रतिनिधि सभा विघटनबिरुद्धको मुद्धा सर्वोच्च अदालतमा फैसलाका क्रममा रहँदा यस्तो आकस्मिक भेटवार्तालाई अर्थपूर्ण रुपमा लिईएको छ। अदालतमा प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेटवार्ता भएपनि के कुराकानी भयो भन्ने स्पष्ट खुलेको छैन।
यद्यपी भेटको मुख्य विषय भने सर्वोच्च अदालतको ५ अर्ब लागतको भवन निर्माणसम्बन्धी विषय रहेको बताइएको छ। सर्वोच्च अदालतको नयाँ भवन सेनाको जग्गामा निर्माण हुँदैछ। यसबारे कुरा मिलाउन प्रधानन्यायधीश जबराले प्रधानसेनापति थापालाई बताएका छन्।
प्रतिक्रिया