काठमाडौं : सरकारले मुगु बस दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता दिने घोषणा गरेको छ । गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी ३२ जना मृतकका परिवारलाई प्रतिमृतक किरिया खर्च २५ हजार रुपैयाँ र आर्थिक सहायता एक लाख रुपैयाँ गरी एक लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो ।
मन्त्रालयले मृतकका परिवारका लागि आर्थिक सहायता तथा घाइतेहरुको उपचार खर्चबापतको रकम भुक्तानीको व्यवस्था मिलाउने गरी प्रक्रिया थालिएको विज्ञप्तिमा उल्लेख छ । यही असोज २६ गते नेपालगञ्जबाट मुगुको गमगढीतर्फ गइरहेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायाँनाथ नगरपालिका–७ तपने खोलामा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी २८ जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया