काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने कार्यदलको संयोजक भीम रावललाई बनाएको छ । सोमबार च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बसेको बैठकले यसअघि नै बनेको कार्यदलको संयोजक रावललाई बनाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
“अध्यक्ष कमरेडको निर्देशनमा कार्यदलको संयोजकमा भीम रावल कमरेडलाई तोकिएको छ । कार्यदलमा ६ जना हुनुहुन्थ्यो । त्यसमा एक जना थपेर ७ जना बनाइएको छ ।
कमरेड शंकर पोखरेललाई पनि थपिएको छ । कार्यदलको बैठक रावल कमरेडले भोलि नै बोलाउनुभएको छ,” उनले भने ।
प्रतिक्रिया