लेटेस्ट न्युज
advertisement1

प्रतिनिधिसभाबाट बजेट विनियोजन विधेयक बहुमतले पारित

Maryada News 2021-09-20 13:46:02
प्रतिनिधिसभाबाट बजेट  विनियोजन विधेयक  बहुमतले पारित

काठमाडौँ : प्रतिनिधिसभामा प्रमुख विपक्षी दल एमालेको विरोधका बीच (विनियोजन विधेयक २०७८) बजेट बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लागेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए ।

अर्थमन्त्री शर्माले गत भदौ २५ गते बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए । सो विधेयक पारित गर्नुपूर्व सभामुख सापकोटाले मन्त्रालय, कार्यालय र सचिवालयगत खर्च शीर्षकमा छलफलका लागि नाम टिपाउनका लागि आग्रह गरेका थिए ।

विरोधको सूचना दर्ता गराएका नेमकिपाका सांसद प्रेम सुवालबाहेक अन्य सांसदहरुले नाम नटिपाएपछि सभामुखले अर्थमन्त्री शर्मालाई विनियोजन बजेट सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन समय दिएका थिए । उनले ३ प्रतिशत बजेट मात्र हेरफेर गरिएको, अध्यादेशबाट आएको बजेटको आकारमा केही घटाएर बजेटलाई यथार्थपरक बनाएको बताए ।

साथै विभिन्न स्वास्थ्य समस्याका बिरामीलाई सहुलियतको व्यवस्था गरेको बताए । अर्थमन्त्रीको जवाफबारे सभामुखले स्पष्टिकरण राख्न समय दिएका थिए ।  

यस्तै नेमकिपा सांसद सुवाललाई विभिन्न मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव फिर्ता लिन समय दिएका थिए तर सुवालले सो प्रस्ताव फिर्ता नलिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रेम सुवालले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्