काठमाडाैंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाकाे उम्मेदवारकाे टुंगाे लगाउन बैठक बाेलाएका छन्। बागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फ रिक्त रहेकाे एक सिटकाे उपनिर्वाचनकाे लागि उम्मेदवारी दिने आज अन्तिम दिन भएकाले एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरूलाई बैठकमा बाेलाएका हुन्।
बैठक बालुवाटारमा बस्दैछ। एमाले स्थायी कमिटीका नेताहरूसँग अनौपचारिक छलफल हुने नेताहरूले बताएका छन्।
यसअघि हिजाे बिहीबार पनि एमाले स्थायी कमिटीकाे बैठक बसेकाे थियाे। बैठकले हिजाे उम्मेदवार तय गर्न नसकेपछि आज पुनः बैठक बाेलाइएकाे हाे।
हालसम्म प्रतिनिधि सभा विघटन पश्चात् माओवादी त्याग्दै एमाले प्रवेश गरेका रामबहादुर थापालाई उम्मेदवार बनाउने प्रस्ताव भए पनि कांग्रेससहितका विपक्षी गठबन्धनका उम्मेदवारले जित्ने पक्का भएपछि बादल उम्मेदवारी नदिने मनस्थितीमा रहेका छन्।
प्रतिक्रिया