लेटेस्ट न्युज
advertisement1

कोरोना संक्रमित सांसदलाई मतदानको लागि छुट्टै व्यवस्था

Maryada News 2021-05-10 15:33:37
कोरोना संक्रमित सांसदलाई मतदानको लागि छुट्टै व्यवस्था

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा विश्वासको मत लिँदैछन् । आज बस्ने बैठकका लागि सांसद तथा संसदका कर्मचारी, सुरक्षाकर्मी तथा सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो । जसमा दुई दर्जनभन्दा बढी सांसदहरु संक्रमित रहेका थिए ।विश्वासको मत दिनका लागि संक्रमित सांसदहरुलाई संसद भवनमा छुट्टै व्यवस्था गरिएको छ ।

भवनबाहिर टेन्ट टाँगेर संक्रमित सांसदहरुलाई राखिएको छ । विश्वासको मत दिन संसद भवन पुगेकी एमालेका एक सांसदले कोरोना महामारीले देश आक्रान्त भएको बेला एक जुट भएर लाग्नुपर्ने बेला यो तरिका ठीक नभएको प्रतिक्रिया दिएकी छन् । संक्रमित सांसदहरुलाई ल्होत्से हलको दक्षिण पट्टी बस्न लागि ठाउँ छुट्टयाइएको छ । उनीहरुलाई मतदानको समय भएपछि ल्होत्से हलभित्र भोट हाल्ने व्यवस्था मिलाएको संसद सचिवालयले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्