काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी जसपाका नेताहरु बालुटार जाने भएका छन् । प्रधानमन्त्री ओलीको निम्तोमा उनीहरु बालुवाटार जाने भएका हुन् । प्रधानमन्त्री ओलीले जुसपाका नेताहरुलाई सत्ता समीकरणबारे छलफल गर्न बालुवाटार बोलाएको बुझिएको छ ।
जसपाका नेताहरुले आफूहरुका माग सम्बोधन जसले गर्छ उसैसँग सत्ता समीकरणमा सहमति गर्न सकिने बताउँदै आएका छन् ।आज साँझ ५ बजे उनीहरुबीच भेटवार्ता हुने बताईएको छ ।
जसपा नेपालले सत्ता सहकार्यका लागि अहिलेसम्म आफ्नो प्रस्ट धारणा सार्वजनिक गरिसकेको छैन । भेटवार्ताका लागि पाँच शीर्ष नेतासहित वार्ता कार्यदलका सदस्य पनि भेटवार्तामा सहभागी हुने बताइएकाे छ ।
प्रतिक्रिया