लेटेस्ट न्युज
advertisement1

 माछा माछा भ्यागुतो!

Maryada News 2021-02-19 20:22:51
 माछा माछा भ्यागुतो!

होली वाईनको राष्ट्रवाद
माछा माछा, भ्यागुतो!
मोदीले मात्र बुझ्छन् उनका कुरा
नक्शामा त देखाएको मात्र हो
कालापानी, लिपुलेक, लिम्पियाधुरा

ईश्वर दाहिना भए
डोकोमा दूध बोके हुँदोरैछ
गणतन्त्रको दुश्मन नै किन नहोस्
उसैलाई काम लाग्छ,
विचरा निरीह गणतन्त्र बनेर प्रेमिका

पाएन भनेर कुर्लदैँ छन् त्यागीहरू
गर्थे कुरा गरीब सिमान्तका
मालिक बन्न देखिए आतुर

ताल्चा लगाए मुखमा सबका
गरे कुरा लोकतन्त्रका
जाओस् भाँडमा सबथोक
चाल हेर धुर्बे हात्तीका जस्तो
हिड्छन् बोल्छन् जे पनि गर्ने
बिना रोकटोक

धुर्बे भन्नु नि कम भयो तिनलाई
दस धुर्बे बराबर पो भए तिनी
अंकुश जसको हातमा छ
उहीँ लट्ठ छ

जमीनबाट उठेको
सडकबाट उठेको, भन्थे भन्नलाई
आरती चाहिन थाल्यो
श्रीपेच चाहिन थाल्यो
पटक पटक रथमा चढे
उपाधी पाए सारथीको
सारथीले रथलाई भिरमा पुर्‍यायो

उद्धत छ बनाउन तमासा
रोप्यो जताततै निराशा
हिँडेको छ हातमा
लिएर शकुनि पसा

पाँच वर्षे प्रतिनिधि सभालाई
असामयिक बनायो
व्यवस्थाको स्वास्थ्य गम्भीर बनायो 
निल्नु न ओकेल्नु बनायो
जे गर्‍यो होली वाईनले गर्‍यो
होली वाईन घुट्क्याउने त हिट्लर भयो
जनताको त्याग बलिदान संघर्ष
कठिन मोडमा पुर्‍यायो ।।।

- गणेश नेपाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

66.67%

खुसी

0%

दुःखी

0%

अचम्मित

33.33%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्