लेटेस्ट न्युज
advertisement1

मोहन मैनालीको 'मुकाम रणमैदान'लाई मदन पुरस्कार, योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री

Maryada News 2024-08-30 14:35:37
मोहन मैनालीको 'मुकाम रणमैदान'लाई मदन पुरस्कार, योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री

मोहन मैनालीकृत मुकाम रणमैदानले २०८० सालको मदन पुरस्कार प्राप्त गरेको छ।

शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले रणमुकाम पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको हो।

यसैगरी प्राडा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री २०८० अर्पण गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दिक्षीतले जानकारी दिए।

पत्रकार र वृत्तचित्र निर्माता मोहन मैनालीले लेखनमा उच्च छवि बनाएका छन्।


मदन पुरस्कार प्राप्त गरेको कृति मुकाम रणमैदान नेपाल अंग्रेज युद्धसँग सम्बन्धित छ। अंग्रेजसँगको युद्धका क्रममा नेपालले प्रदर्शन गरेको वीरतालाई उनले किताबमा लिपिवद्ध गरेका छन्। किताब अनुसन्धानमूलक गैरआख्यान हो। 

जगदम्बा–श्री अर्पण गरिएका यादव भाषाशास्त्री हुन्। उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञानमा प्राध्यापन गरेका थिए। उनी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्