प्रेमको उपहारस्वरुप तिमीले
मेरो मुटु मागेपछी
भागेको हुँ म तिमीबाट
नभागौँ पनि म कसरी ?
मुटुजस्तो मुटु नरहे पछि
मस्तिष्क बाध्य छ
प्रेमको सतही भाषा बुझ्न अनि बुझाउन
जसरी खुकुलो माटो बर्षाले चुट्दाचुट्दै ढुङ्गा बन्दछ
त्यसरी नै विभेदको असिनाले चुटेर यो मुटु
कतिबेला ढुङ्गा बनिसकेछ पत्तै भएन
मेरो भन्दा फरक मुटु तिमीसँग छ
तब त बुझ्दैनौ मेरो पीडा
र मागिरहनेछौ कि यो मुटु भनेर
टाढिएको हुँ म तिमीसँग ।
-ईश्वरा सिवा
प्रतिक्रिया