लेटेस्ट न्युज
advertisement1

कवि मुकुन्द पौडेलको तेस्रो कृति 'मनशिला' सार्वजनिक

Maryada News 2021-03-11 21:39:08
कवि मुकुन्द पौडेलको तेस्रो कृति 'मनशिला' सार्वजनिक

काठमाडौं : कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण भएको छ । प्रज्ञा भवनमा एक कार्यक्रमकाबीच उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो । साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेललगायतले पौडेलको मुक्तक संग्रह ‘मनशिला’ लोकार्पण गरेका हुन् । 

उनको यो तेस्रो साहित्यिक कृति हो । पौडेलको नयाँ कृति ‘मनशिला’मा ३२८ वटा मुक्तकहरु रहेका छन् । राजनीतिक तथा सामाजिक विकृतिलाई तीखो आलोचना आलोचना गर्नेदेखि आफ्ना जीवनका भोगाई र अनुभवलाई प्रस्तुत गरिएका मुक्तकहरुको संग्रह थपिनुले नेपाली साहित्य क्षेत्रलाई संवृद्ध बनाउन थप सहयोग पुग्ने कार्यक्रमका वक्ताहरुको भनाई थियो । 

नेपाल आँखा अस्पतालको जागिरे जीवनबाट अवकाश पाएपछि साहित्य क्षेत्रमा कलम चलाउन थालेका मुकुन्द पौडेलको मेहनत र सिर्जना निकै प्रसंसनीय रहेको वक्ताहरुको भनाई थियो । 

कार्यक्रममा साहित्यकार यादव खरेल, वरिष्ठ मुक्तककारका रामकाजी कोने, साहित्यकार तथा विश्लेषक पुरुषोत्तम दाहाल, वरिष्ठ मुक्तककारहरु ज्ञानुवाकर पौडेल र वियोगी बुढाथोकी, वरिष्ठ समालोचक ज्ञानु अधिकारी, कवि तथा कलाकार रमेश पौडेल लगायतको उपस्थिति थियो । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्