लेटेस्ट न्युज
advertisement1

सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालनमा

Maryada News 2021-09-17 17:58:13
सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालनमा

काठमाडौं: सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर शुक्रबार आजबाट सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिइने छ । देशभर ३९ स्थानमा यस्ता पसल रहनेछन् ।

सुपथ मूल्यका पसलमा चिनी, नुन, चामल, घ्यू, पनिरसँगै खसी, बोका र च्याङग्रा किन्न पाइनेछ । चामलमा प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी–बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसलमा सामग्री राख्नेछन् । एलपी ग्यास र पेट्रोलियम सहज उपलब्ध हुने गरि खरिदका लागि निर्देशन दिँदै मन्त्रालयले उपभोक्ताले सहज पाए÷नपाएको अनुगमन गर्ने पनि जनाएको छ ।

 सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्