लेटेस्ट न्युज
advertisement1

आगलागी भइरहन्छ फुङ्लिङमा, हालसम्म ३३८ परिवार विस्थापित

Maryada News 2021-03-03 12:33:52
आगलागी भइरहन्छ फुङ्लिङमा, हालसम्म ३३८ परिवार विस्थापित

ताप्लेजुङः जिल्लाको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहन्छन्। पछिल्लो १७ वर्षमा आगलागीबाट तीन सय ३८ परिवार विस्थापित हुन पुगेको र एक सय ५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ।

विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा एक सय २९ परिवार विस्थापित भएका थिए। विसं २०६९ माघ २६ गते शेर्पाटोलमा आगलागीबाट आठ घर जलेर नष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्याङ्क छ। विसं २०७० कात्तिक १८ टुक्रेबजार क्षेत्रमा आगलागीबाट पाँच घर नष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए।

त्यस्तै विसं २०७१ चैत ९ गते फुङलिङ–४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए। उक्त घटनामा एक सय ४५ परिवार विस्थापित भएका थिए। विसं २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागीबाट सात घर नष्ट हँुदा २९ परिवार विस्थापित भएका थिए।
 
त्यस्तै मङ्गलबार ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागीबाट ४९ घर नष्ट भएका छन् भने ५५ परिवार विस्थापित हुनपुगेको ताप्लेजुङ जिल्लाको तथ्याङ्कमा रहेको छ।

यसअघि ताप्लेजुङकै पाथिभरा मन्दिर क्षेत्रको वनमा भीषण डढेलो लाग्दा थुप्रै हाब्रे (रेडपाण्डा) हाताहाती भएका थिए। सो डढेलो ७ दिनपछि हेलिकप्टरबाट पानी खसालेपछि मात्र नियन्त्रणमा आएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्