लेटेस्ट न्युज
advertisement1

बडादसैँको पहिलो दिन घटस्थापना  : शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल

Maryada News 2021-10-07 12:34:04
बडादसैँको पहिलो दिन घटस्थापना  : शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल

काठमाडौं : बडादसैँको पहिलो दिन घटस्थापना बिहिबार (आज)  दुर्गा पक्ष सुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न सहज थिएन ।

तर यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भिड लागेको हो । विगत वर्षमा काटिएको घटस्थापनाको दिनको सार्वजनिक बिदा यस वर्षदेखि सरकारले फेरि दिन थालेकाले पनि शक्तिपीठमा भक्तजनको भिड लागेको हो ।

शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा–आराधनाका लागि उत्तम समय मानिन्छ । यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो देखिन्छ ।

बडादसैँका रूपमा समेत मनाइने यो नेपालीको राष्ट्रिय चाड हो । बडादसैँको पहिलो दिनदेखि नै घरघरमा घटस्थापना गरी नवदुर्गाको विशेष पूजा–आराधना गरिन्छ ।

बिहिबार (आज) घटस्थापनाको साइत बिहान ११ः४६ बजे रहेको नेपाल पञ्चाङ्ग  निर्णायक समितिले जनाएको छ । बिहिबार (आज) दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि शान्ति गर्नुपर्ने शास्त्रीय विधि रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।

चित्रा नक्षत्रको स्वामी त्वष्टाअर्थात् विश्वकर्मा र वैधृति योगका स्वामी अदितिको पूजा–अराधना गरेर दोष मुक्तिका लागि शान्ति गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्