तनहुँः बिहेकाे भाेज खाँदा जिल्लाकाे व्यास नगरपालिका–१४ स्थित छाब्दीमा करिब ३५ जना बिरामी परेका छन्। स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन्।
बिरामी परेकाहरूमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ। शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिए।
चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीहरूलाई स्लाइन चढाएर उपचार भइरहेको उनले बताए। यसरी बिरामी भएर गम्भीर रहेका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको उनले जानकारी दिए।
नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको बताएका छन्।
प्रतिक्रिया