काठमाडाैं- नेकपा नेता वामदेव गाैतमले आफू गृहमन्त्री बनेर केपी शर्मा ओली नेतृत्वकाे सरकारमा जाने कुरा भ्रामक भएकाे बताएका छन्। आफ्नाे चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि सुरु भएकाे भन्दै उनले भ्रामक समाचारलाई विश्वास नगर्न अनुराेध गरेका छन्।
शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेता गाैतमले भनेका छन्- 'मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत, भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ। मेरा सबै मित्रहरुलाई यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु!!'
यस्ताे छ वामदेवकाे विज्ञप्तिः
प्रतिक्रिया