काठमाडाैंः बागमती प्रदेश सभा सदस्य तथा नेकपा एमालेका नेता पशुपति चौलागाईँको निधन भएकाे छ। कोरोना संक्रमित भई चार दिनअघि मनमोहन मेमोरियल अस्पताल भर्ना भएका नेता चाैलागाईँकाे गएराति निधन भएकाे हाे।
चाैलागाईँ एमालेका प्रभावशाली नेता थिए। उनी दाेलखाबाट दाश्राे संविधान सभा र २०५६ सालकाे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका थिए।
चाैलागाईँकाे निधनमा एमालेका विभिन्न नेता तथा सांसदहरूले श्रद्धाञ्जली प्रकट गरेका छन्।
प्रतिक्रिया