पोखरा, पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमामा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निवार्चन भइरहेको छ ।
बिहान ८ बजेदेखि मतदान जारी छ । पीएन क्याम्पसमा १६ वर्षपछि निर्वाचन भइरहेको हो । अन्तिम पटक २०६५ सालमा रश्मि आचार्य स्ववियु अध्यक्ष भएका भएका थिए ।
यसपछि विवादका कारणले चुनाव हुन सकेको थिएन । यसपटक पनि चैत ५ गते र त्यसको भोलिपल्ट पनि विवादकै कारण चुनाव हुन नसक्दा आजका लागि तय गरिएको थियो ।
मतदानका लागि ७ हजार ४०० विद्यार्थीले मतदाता परिचयपत्र लगेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया