लेटेस्ट न्युज
advertisement1

ओली समूहका नेता समेट्दै प्रदेश १ मा मन्त्रिमण्डल विस्तार

Maryada News 2021-03-26 14:30:37
ओली समूहका नेता समेट्दै प्रदेश १ मा मन्त्रिमण्डल विस्तार

विराटनगरः प्रदेश नम्बर १ मा मन्त्रिमण्डल विस्तार भएकाे छ। नेकपाको विघटन पश्चात ओली समूहतिर लागेका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन्।

नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम शुक्रबार दिउँसो विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा गराइएकाे छ। प्रचण्ड-नेपाल समूहका मन्त्रीहरूले राजिनामा दिएपछि मन्त्रिमण्डल विस्तार गरिएकाे हाे। 

यी हुन प्रदेश १ का नयाँ मन्त्री

माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङबोहाङ आर्थिक मामिला तथा योजना मन्त्री हुने भएका छन्। त्यस्तै माधवकुमार नेपाल समूह छाडि ओली समूहतिर लागेकी प्रदेशसभा सदस्य उषाकला राई सामाजिक विकास मन्त्री हुने भएकी छिन्। 

यस्तै हाल भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई बढुवा गरि मन्त्री बनाइएकाे छ। उनले प्रचण्ड-माधव समूहले ल्याएको मुख्यमन्त्रीविरुद्धकाे अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्।

यस्तै बढुवा हुनेमा अर्का मन्त्री पनि रहेका छन्। भाैतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ अब नयाँ मन्त्रिमण्डलमा मन्त्रीको जिम्मेवारीमा रहनेछन्।

यस्तै नेपाल समूह छाडेर ओलीतिर लागेकी उदयपुरकी सांसद् कला घले र मोरङका राजकुमार ओझालाई पनि राज्यमन्त्रीकाे  जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्