काठमाडाैंः प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन्। सङ्घीय संसद्को प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका देउवालाई आज सामाजिक सञ्जाल ट्वीटरमार्फत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका हुन्।
प्रधानमन्त्री खानले नेपालसँगको हार्दिक सम्बन्ध अझ प्रगाढ बनाइने बताए। उनले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गरे।
प्रतिक्रिया