काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन ७ को मितिले संसद विघटन विरुद्धको आन्दोलनमा उर्जा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार एक विज्ञप्तिमार्फत शुभकामनाा व्यक्त गर्दै उनले भनेका छन् ‘संसद विघटनविरुद्धको आन्दोलनमा फागुन ७ को मितिले बिशेष उर्जा सबैलाई प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु।’
७० बर्षअघि विक्रम संवत् २००७ को कात्र्तिक २६ गतेदेखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको सभापति देउवाको भनाई छ।
राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको उनले दाबी गरेका छन्।
हेर्नुहोस् विज्ञप्तीसहित
प्रतिक्रिया