काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली एक बर्षमा एक दिन मात्र सिंहदरबार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबार करिब साढे ३ किलोमिटरको दुरीमा छ । वर्ष दिनमा जम्मा एक दिन सिंहदरबार पुगेका प्रधानमन्त्री ओली मन्त्रिपरिषदको कार्यालय र आफ्नो कार्यकक्ष अवलोकन गरेर बालुवाटार फर्केका थिए ।
२०७८ सालको सुरुवाती दिनमा भने प्रधानमन्त्री ओली नयाँ वर्षको पहिलो दिन नै सिंहदरबार जाने भएका छन् । देशवासीलाई २०७८ सालको शुभकामना दिनका लागि बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओली सिंहदरबारमा उपस्थित हुँदैछन् ।
प्रधानमन्त्री ओलीले गत बर्ष कोरोना संक्रमण सुरु भएयता बालुवाटारमै मन्त्रिपरिषदको बैठक राख्दै आएका छन् । पार्टीका सभामा देश दौडाहा गर्न सक्ने प्रधानमन्त्रीले बालुवाटारबाट झन्डै साढे ३ किलोमिटर दुरीमा रहेको सिंहदरबारमा चाहिँ एक बर्षमा एक दिन मात्र पाइला टेकेका छन् ।
प्रतिक्रिया