लेटेस्ट न्युज
advertisement1

युराे कपः इटाली च्याम्पियन, घरेलु मैदानमा इंग्ल्याण्ड स्तब्ध

Maryada News 2021-07-12 10:18:42
युराे कपः इटाली च्याम्पियन, घरेलु मैदानमा इंग्ल्याण्ड स्तब्ध

एजेन्सीः युराे कप २०२० काे उपाधि इटालीले जितेकाे छ। साेमबार बिहान सम्पन्न खेलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गाेलअन्तरले हराउँदै इटालीले उपाधि चुमेकाे हाे।

इटालीले दाेश्राे पटक युराे कपकाे उपाधि जितेकाे हाे। यसअघि सन् १९६८ मा इटालीले युराे कप जितेकाे थियाे।

इंग्ल्याण्डकाे वेम्बली रंगशालामा भएकाे खेलमा घरेलु दर्शक र घरेलु मैदानकाे फाइदा उठाउँदै इंग्ल्याण्ड च्याम्पियन बन्न सक्ने धेरैले अड्कलबाजी गरेका थिए। तर पेनाल्टीमा गाेल गर्न चुक्दा इंग्ल्याण्ड इतिहास रच्न असफल भयाे।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि विजेताकाे निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएकाे थियो। पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे। आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए।

इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे। मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्क्याे भने जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए।

यसअघि खेलको दोस्रो मिनेटमै लुक शले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। उनले किएरन ट्रिपिएरको क्रसमा ट्याप इन गोल गरे। तर, खेलको ६७ औं मिनेटमा इटालीका लियोनार्दो बुनिचीले गोल गरेपछि खेल १-१ काे बराबरीमा फर्कियाे।

जितसँगै इटालीकाे अपराजित यात्रा ३४ खेलसम्मै कायम रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्