एजेन्सीः भारत र इंग्ल्याण्डबीच जारी टी ट्वेन्टी श्रृङ्खलाकाे चाैथाे खेलमा भारत विजयी भएकाे छ। आठ रनकाे झिनाे अन्तरले भारत खेलमा विजयी भएकाे हाे।
यस जीतसँगै भारत र इंग्ल्याण्डले श्रृङ्खलामा २-२ काे बराबरी गरेका छन्।
टस हारेर पहिले ब्याटिङ्ग गरेकाे भारतले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८५ रनकाे चुनाैतीपूर्ण स्काेर बनाएकाे थियाे। भारतका लागि डेब्यू गरेका ब्याट्सम्यान सूर्यकुमार यादवले ३१ बलमा ५७ रनकाे पारि खेल्दै भारतलाई सहज स्थितीमा पुर्याएका थिए।
जवाफी ब्याटिङ्गमा उत्रिएकाे इंग्ल्याण्डका लागि जेसन राेयले ४० र बेन स्टाेक्सले ४६ रनकाे पारि खेले। यद्यपि अन्तिम ओभरहरूमा सम्हालिन नसक्दा इंग्ल्याण्डले खेलमा पराजय भाेग्न पुगेकाे हाे।
इंग्ल्याण्ले विकेट सम्हालेर खेल्न नसक्दा २० ओभरमा एक सय ७७ रनमै समेटिन पुग्याे।
खेलमा भारतका लागि शार्दुल ठाकुरले ३ र इंग्ल्याण्डका लागि जाेफ्रा आर्चरले ४ विकेट लिएका थिए। भारत र इंग्ल्याण्डबीच निर्णायक र अन्तिम टी ट्वेन्टी खेल आइतबार साँझ ७ः१५ मा शुरु हुनेछ।
प्रतिक्रिया