लेटेस्ट न्युज
advertisement1

‘लिटल फ्लावर प्रिमियर लिग’मा हिमालयन ह्याइट हाउसको जीत 

Maryada News 2021-03-03 21:27:08
‘लिटल फ्लावर प्रिमियर लिग’मा हिमालयन ह्याइट हाउसको जीत 

सुदूरपश्चिम : धनगढीमा जारी ‘लिटल फ्लावर प्रिमियर लिग’ (एलपिएल) राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौँको हिमालय ह्वाइट हाउसले धनगढीको शारदा विद्या निकेतनलाई पराजित गरेको छ । हिमालय ह्वाइट हाउसले शारदा विद्या निकेतनलाई ३५ रनले पराजित गरेको हो ।

दुई खेलमा दोस्रो जीत निकालेको हिमालय ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । टस जितेर ब्याटिङ पहिले गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९२ रन बनायो । उसका लागि दीपक बोहराले ९३ र सुदीप बस्नेतले २३ रन बनाए । शारदाका अरुण धाँमीले दुई तथा नागराज सिंह र दीपक रोकायाले एक÷एक विकेट लिए ।     
     
दोस्रो इनिङमा जवाफी ब्याटिङ गरेको शारदाले २० ओभरमा नौ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो । शारदाका लागि दिनेश ओडले ९० र अर्जुन साउदले २३ रन बनाए । ह्वाइट हाउसको जीतमा सन्दिप जङ्ग शाहीले चार र रजत तिमिल्सिनाले दुई विकेट लिए ।  आजै भएको अर्को खेलमा कैलालीको बाल बाटिकाले बुटवलको न्यू एकेडेमीलाई छ विकेटले पराजित ग-यो । टस जितेर पहिले ब्याटिङ गरेको न्यू एकेडेमीले १९ ओभर तीन बलमा सबै विकेट गुमाउँदै १११ रन जोडेको थियो ।     

न्यू एकेडेमीका लागि लोकेश जोशीले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको जीतका लागि पर्याप्त हुन सकेन । न्यू एकेडेमीका लागि समीर विष्टले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कको रन बनाउन सकेनन् ।   बलिङतर्फ बालबाटिका लागि कमल कुँवरले तीन विकेट लिए । त्यस्तै हिमाल मल्ल, विशाल विक्रम केसी र हेमन्त बुढाले समान दुई/दुई विकेट लिए । कमल ओलीले एक विकेट लिए । न्यू एकेडेमीले दिएको ११२ रनमा लक्ष्य पछ्याएको बाल बाटिकाले १८ ओभर तीन बलमा लक्ष्य भेट्टायो । 

बालबाटिकाको जीतमा कमल ओलीले अविजित ३९, अभिषेक साउदले ३३ र विराटसिंह भण्डारीले ३० रनको योगदान दिए । बलिङतर्फ न्यू एकेडेमीका लागि सुमित पराजुली र सुबेस रावलले एक÷एक विकेट लिए । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्