लेटेस्ट न्युज
advertisement1

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीकाे 'म्याच फी' बढ्याे

Maryada News 2021-06-10 10:42:55
नेपाली राष्ट्रिय क्रिकेट खेलाडीकाे 'म्याच फी' बढ्याे

काठमाडाैंः नेपाली राष्ट्रिय क्रिकेट खेलाडीकाे म्याच फी बढेकाे छ। नेपाल क्रिकेट संघ (क्यान)ले मङ्गलबार एक आर्थिक कार्यविधि पारित गर्दै खेलाडीकाे म्याच फी वृद्धि गरिएकाे बताएकाे हाे। 

याेसँगै अब नेपाली पुरुष राष्ट्रिय टाेलीले प्रति एकदिवसीय खेल (ओडीआई) १० हजार रूपैयाँ म्याच फी पाउनेछन् भने प्रति टी-ट्वेन्टी पाँच हजार रूपैयाँ पाउनेछन्। 

यस्तै राष्ट्रिय महिला क्रिकेट टाेलीले अब प्रति एकदिवसीय पाँच हजार र प्रति टी-ट्वेन्टी तीन हजारकाे दरले पाउने क्यानका कोषाध्यक्ष राेशन सिंहले बताए। यस्तै क्यानको नयाँ आर्थिक कार्यविधिले प्रशासनिक खर्चवापत प्रदेशलाई तीन लाख र जिल्ला संघलाई एक लाख दिने निर्णय गरेको छ।

यसका साथै क्यानले बन्द प्रशिक्षणमा परेका खेलाडीलाई समेत डाइटका लागि भत्ता दिने भएकाे छ। क्यानले प्रति दिन पाँच सयको दरले खेलाडीलाई भत्ता दिने निर्णय गरेकाे सिंहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्