लेटेस्ट न्युज
advertisement1

टोकियो ओलम्पिकमा आन्तरिक दर्शक प्रवेशमा पनि रोक

Maryada News 2021-07-09 21:08:41
टोकियो ओलम्पिकमा आन्तरिक दर्शक प्रवेशमा पनि रोक

एजेन्सी : जापानले टोकियो ओलम्पिकमा आफ्नै देशका दर्शक पनि नराख्ने निर्णय गरेको छ । कोरोना महामारीलाई ध्यानमा राख्दै जुलाई २३ देखि जापानमा सुरु हुने ओलम्पिकमा आफ्नै देशका दर्शक प्रवेशमा पनि रोक लगाइएको हो । जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति र टोकियो महानगरको बैठकले देशका दर्शकलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

यसअघि नै आयोजकले विदेशी दर्शकलाई प्रवेश निषेध गर्ने निर्णय गरिसकेको थियो । जापान सरकारले टोकियोमा स्वास्थ्य संकटकाल लागू गरेपछि ओलम्पिकमा दर्शकलाई निषेध गर्ने निर्णयमा आयोजक पुगेको हो । टोकियोमा पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्दै गएको छ ।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड–१९ को डेल्टा भेरियन्ट फैलिरहेकाले टोकियोलाई सुरक्षित राख्न आवश्यक रहेको बताउनुभएको छ । ओलम्पिक सुरु हुन अब दुई साता मात्र बाँकी छ । ३१औं गृष्मकालिन ओलम्पिक अगष्ट ८ सम्म जापानमा आयोजना हुँदैछ । जहाँ ३३ खेलका ३ सय ३९ इभेन्ट हुनेछन् । प्रतियोगितामा करिब ११ हजार खेलाडीले सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्