काठमाडौं: डाक्टरहरूले बिरामी जाँच्ने शुल्क आज(बुधबार)देखि वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जनाएका छन् ।
संघ र अफिन संयुक्त बैठक बसेर आजदेखि नै लागू हुने गरी अस्पतालको बिहिरंग (ओपिडी) शुल्क बढेको हो । बैठकले आजदेखि नै लागु हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरेका छन्।
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) र चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माघ ४ गते भएको सहमतिका आधारमा शुल्क बढाएको जनाएका छन्। नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन्।
एमबिबिएस र बिडिएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने छन्।
प्रतिक्रिया