लेटेस्ट न्युज
advertisement1

मुख्यमन्त्री गुरुङकाे एन्टिजेन परीक्षण पाेसेटिभ, पीसीआर गरिँदै

Maryada News 2021-05-05 11:59:32
मुख्यमन्त्री गुरुङकाे एन्टिजेन परीक्षण पाेसेटिभ, पीसीआर गरिँदै

कास्कीः एन्टिजेन परीक्षणमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रिपोर्ट पोजेटिभ पाइएकाे छ। रिपाेर्ट पाेसेटिभ आएपछि उनकाे पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

गुरुङकाे पीसीआर परीक्षणकाे रिपाेर्ट भने आउन बाँकी रहेकाे छ। 

मंगलबार संसदीय दलको बैठकमा सहभागी भएर निवासमा फर्किएका उनलाई ज्वरो आएको थियो। गुरुङका स्वकीय सचिव विक्रम न्यौपानेलाई पनि केही दिन अघि संक्रमण पुष्टि भएको थियो।

उनी केही दिन अघि सुरक्षाकर्मी मात्र लिएर काठमाडाैं आई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्