लेटेस्ट न्युज
advertisement1

जनतालाई द्रुत सेवा दिन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री नेम्वाङ   

Maryada News 2021-06-25 21:57:38
जनतालाई द्रुत सेवा दिन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री नेम्वाङ   

काठमाडौं : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले प्रतिनिधिसभा विघटन भएको अवस्थामा पनि राज्यका काम कारवाही अघि बढाई जनतालाई चाँडोभन्दा चाँडो सेवा दिन सरकारले प्रतिबद्ध रहेको बताएका छन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज कार्यभार सम्हालेपछि आयोजित स्वागत कार्यक्रममा मन्त्री नेम्वाङले सदन नभएका बेला राज्य थला परेर बस्न नमिल्ने स्पष्ट गर्दै जनताका समस्या समाधान गर्नुपर्ने सरकारको दायित्व भएको बेला सरकार चुप लागेर बस्न नमिल्ने जनाए ।     
     
मन्त्री नेम्वाङले मुलुक अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको जनाउँदै गत तीन वर्षको अवधिमा सरकारले विभिन्न लोकप्रिय काम गरेको स्मरण गराए । प्रतिनिधिसभा विघटन गर्नु बाध्यात्मक अवस्था भएको बताउँदै उनले निर्वाचनका लागि संसद् विघटन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना नभइ बाध्यता भएको स्पष्ट पारे ।     
     
उनले कोभिड १९ का कारण सरकारले लक्ष्य अनुसार काम गर्न नसकेको तर असहज अवस्थामा पनि सरकार आफ्नो दायित्वबाट पछि नहटेको उल्लेख गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पका साथ काम गरिरहने बताए । कोरोनाविरुद्धको खोप दिलाउन र दैवीप्रकोपको समस्या समाधान गर्न सरकार लागि परेको जनाउँदै उनले शान्ति सुरक्षा कायम गर्न तथा जनतालाई स्वास्थ्य सेवाको सुनिश्चितता गर्न सरकार एक इञ्च पनि पछि नहट्ने ढृढता व्यक्त गरे ।

सूचनाको सेवा सही ढंगले र व्यवस्थित गर्न आवश्यक भएको सुनाउँदै मन्त्री नेम्वाङले सही सूचना नदिए त्यसलाई नियमन गर्नुपर्ने आवश्यकता औँल्याए । दुर्गम भेगमा सूचना सेवा पुर्याउन आवश्यक रहेको भन्दै उनले लामो समयदेखि अडकिएर रहेका काम अघि बढाउन जरुरी रहेको बताए ।     
     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्