चितवनः जिल्लाका विभिन्न अस्पतालमा पाँच जना कोरोना सङ्क्रमितको निधन भएको छ। चितवनका दुई र बाहिरी जिल्लाका तीन जनाकाे निधन भएकाे हाे।
भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा निधन भएको छ। उनको आज बिहान २ बजे निधन भएको हो। चितवन मेडिकल कलेजमा उपचाररत तनहुँकाे व्यास नगरपालिका– १ का ४१ वर्षीय पुरुषको आज बिहान १ः४२ मा निधन भएकाे छ। सोही अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका–८ का ५९ वर्षीय पुरुषको बुधबार राति १०ः२६ मा निधन भएको छ।
यस्तै पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर–३ का ४८ वर्षीय पुरुषको बुधबार राति १०ः१० मा निधन भएको छ। सोही अस्पतालमा उपचारका क्रममा कपिलवस्तुकाे शिवराज नगरपालिका–९ का ४५ वर्षीय पुरुषको बुधबार राति ९ः४५ मा निधन भएको छ।
मृतक सबैको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ ।
प्रतिक्रिया