काठमाडौं : पछिल्लो २४ घण्टामा ३३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १०६३८ नमुनाको पीसीआर परीक्षणमा २४४८ र ६०८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १९९४ जना निको भएका छन् ।
प्रतिक्रिया